पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जुट्ने उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता
पाेखरा | कात्तिक १७, २०७९
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्की क्षेत्र नं. २ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेकी छन् ।
पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता भएको बताईन् ।
उनले दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् ।
जेष्ठ नागरिकलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि विचमै सरकार परिवर्तनले अवरोध भएको बताउँदै मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास छ ।
कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नं. २ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्यक्ष उम्मेदवारका रुपमा उपस्थित भएको बताए ।
एमाले नेता तथा स्थानिय समाजसेवी कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ,निवर्तमान वडाअध्यक्ष जिवन आचार्य, यमनकाजी गुरुङ लगायतले निर्वाचनको महत्व एवम् यस क्षेत्रका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले आजै पोखरा १५ स्थित ढुङ्गेसाँघुमा पनि घरदैलो कार्यक्रममा सहभागि भएकी थिईन् । सो अवसरमा मतदाताले स्थानिय आवश्यकता अनुसार विकास निर्माणमा लाग्न अनुरोध गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

